`

दमक कांग्रेसको सभापतिबाट राजीनामा दिँदै प्रसाईंको बालेनलाई समर्थन

Nepal One HD ६ माघ २०८२ १२:०५
निर्वाचन विषेश

काठमाडौं । झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–५ मा पर्ने दमक नगरका कांग्रेस सभापति प्रकाश प्रसाईंले पद त्याग गर्दै बालेन्द्र शाह (बालेन)लाई समर्थन गरेका छन् ।

उनले पार्टीको क्रियाशील सदस्यतासमेत त्याग गर्दै परितर्वनका लागि बालनेलाई समर्थन गरेको उल्लेख गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार, काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले आफ्नो सामाजिक–राजनीतिक यात्रामा साथ दिने पार्टीका नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक र नागरिकहरूप्रति आभार प्रकट गरेका छन् ।

उनी रास्वपा प्रवेश गरेका छैनन् । तर, उनले कांग्रेस छाडेपछि बालेनको समर्थनमा उत्रिँदै लेखे, ‘परिवर्तन सम्भव छ, हाम्रै पालामा ।’

झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनसँगै नेकपाका युवा नेता रञ्जित तामाङ, श्रम संस्कृति पार्टीका समीर तामाङलगायत चुनावी मैदानमा छन् । उनीहरूले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *