`

झापामा पाँच ‘हेभिवेट’ नेता प्रतिस्पर्धामा

Nepal One HD ६ माघ २०८२ १३:२१
निर्वाचन विषेश

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट पाँच जना ‘हेभिवेट’ नेताहरू भिन्नभिन्नै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिँदैछन् ।

झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आठौँपटक प्रतिस्पर्धामा उत्रिए । तीनपटक प्रधानमन्त्री भइसकेका ओली फेरि प्रधानमन्त्री बन्नेगरी चुनावी मैदानमा छन् ।

ओली झापा– ५ मा सबैभन्दा अग्ला कदक नेता हुन् । उनले २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा निर्वाचत जिते । २०६४ मा पराजित भए ।

उनीसँग अर्का हेभिवेट नेता बालेन्द्र शाह (बालेन) आमनेसामनेमा छन् । उनी रास्वपाका वरिष्ठ नेता हुन् । संसदीय निर्वाचनमा उनको यो पहिलोपटकको सहभागिता हो ।

झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार बन्दै छन् । पूर्वउपप्रधान तथा ऊर्जामन्त्री लिङ्देन तेस्रोपटक जितको अपेक्षासहित उम्मेदवार बनेका हुन् । उनी २०७४ र २०७९ मा झापा–३ बाट निर्वाचित भएका थिए ।

झापा– २ मा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर प्रतिस्पर्धामा छन् । घिमिरे एमाले र राना रास्वपाबाट उम्मेदवार भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *