`

एन्फा राष्ट्रिय लिग फुटबल : चित्लाङ एफसी र नेपाल पुलिस क्लब बराबरी खेले

Nepal One HD ६ माघ २०८२ १९:४२
खेलकुद

काठमाडौँ – राजधानीमा जारी एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चित्लाङ एफसीले विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरी खेलेको छ ।

सातदाबोटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा दुवै टोलीले एक एक गोलको बराबरी खेले । म्याथिउ बाबाटुण्डेको गोलमा चित्लाङले खेलको ४१औँ मिनेटमा पुलिसविरुद्ध सुरुआती अग्रता लिएको थियो ।

त्यसपछि खेलको ८८ औँ मिनेटमा चित्लाङका लछुमान रानामगरले आत्मघाती गोल गरेपछि खेल एक÷एक गोलको बराबरीमा सकियो ।यसैगरी आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *