बारामा आमा–छोराको हत्या : घरभित्र छिरेर अन्धाधुन्द खुकुरी प्रहार
बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले अन्धाधुन्द खुकुरी प्रहार गरी एकै परिवारका आमा–छोराको हत्या गरेका छन् । खुकुरी प्रहारबाट जागरुक मण्डलसहित तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार बुधबार बिहानीपख तीन बजे अज्ञात व्यक्ति मण्डलको घरभित्र छिरेर परिवारका सदस्यलाई खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारबाट मण्डलकी श्रीमती सुमित्रा देवी र उनको छोरा रामेश्वरको मृत्यु भएको छ ।
घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जानकारी एसपी कुँवरले दिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले बताए । ‘किन र कसले हत्या ग¥यो भन्ने विषय अनुसन्धानमै छ, बाहिरको व्यक्ति छिरेर अन्धाधुन्द खुकुरी प्रहार गरेको भनिएको छ, हामी संकास्पद व्यक्तिको खोजतलास गरिरहेका छौँ,’ कुँवरले भने,‘ मण्डल परिवारको कुनै रिसइबीले हो वा अन्य कोणबाट अनुसन्धान गरिरहेका छौँ ।’
