दक्षिणी अफ्रिकामा अतिवर्षा र बाढीको असर भयानक
विश्व
जोहानेसबर्ग । मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनले दक्षिणी अफ्रिकामा हालै आएको अत्यधिक वर्षा र बाढीलाई अझ गम्भीर बनाएको एक अध्ययनले देखाएको छ । यस प्राकृतिक विपत्तिका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।
वर्ल्ड वेदर एट्रिब्युसनले गरेको अध्ययनअनुसार दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेका केही भागमा केवल १० दिनभित्र एक वर्ष बराबरको वर्षा भएको थियो । यसले घर, सडक, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याउँदै गहिरो मानवीय पीडा निम्त्याएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
मोजाम्बिकमा धेरै घर तथा भवन पूर्ण रूपमा डुबानमा परेका थिए भने दक्षिण अफ्रिकाका लिम्पोपो र म्पुमालाङ्गा प्रान्त तथा जिम्बाब्वेका केही क्षेत्रमा सडक र पुलहरू बगाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
