`

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१% गिरावट, वार्षिक आधारमा वृद्धि

Nepal One HD १६ माघ २०८२ २१:२४
विश्व

टोकियो । जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरकारी डाटा मा समावेश छ ।

सरकारका अनुसार फ्याक्ट्री र खानीहरुको उत्पादन सूचकाङ्क सन् २०२० का आधारअङ्क १०० को सापेक्ष १०१.८ मा कायम भएको छ, तर औद्योगिक वस्तु ढुवानी सूचकाङ्क भने १.७ प्रतिशतले घटेर ९८.९ भएको देखिएको छ । अर्कोतर्फ इन्वेन्टरी (भण्डार) स्तरमा १.० प्रतिशतको वृद्धि देखिएको छ ।

यद्यपि, सन् २०२५ मा जापानको औद्योगिक उत्पादन अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले बढेको थियो, जुन चार वर्षमा पहिलोपटक सकारात्मक वृद्धि हो । यस वृद्धि विशेष गरी इलेक्ट्रोनिक पाट्र्स र उपकरणहरूको उत्पादन बढेपछि आएको जनाइएको छ ।

उक्त आर्थिक डेटा जापानको उद्योग र व्यापार क्षेत्रको वर्तमान गतिशीलता बारे महत्त्वपूर्ण सङ्केत दिन्छ, र आगामी आर्थिक नीति तथा उत्पादन योजनाहरूको लागि आधार बन्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *