लामिछानेले लिए पहिलो बलमै विकेट
खेलकुद
काठमाडौँ । भारतको वानखेड़े स्टेडियममा जारी विश्वकपमा सन्दिप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन्।
उनले चौथो नम्बरमा ब्याटिङ गर्न आएका टम ब्यान्टनलाई आफ्नो बलिङ स्पेलको पहिलो बलमै पेभेलिएनको बाटो देखाएका हुन्। उनले ब्यान्टनलाई एलबिडब्ल्यु आउट गरेका हुन्।
ब्यान्टनले ५ बलमा २ रन बनाए।
यो सँगै ६.१ ओभरको खेल सकिदा इंग्ल्याण्डले ५७ रनको योगफलमा ३ विकेट गुमाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
