अर्धसतक बनाएर आउट भए इङ्ग्लिस कप्तान ब्रुक, नन्दनलाई दोस्रो सफलता
खेलकुद
काठमाडौं । इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले अर्धसतक प्रहार गरेका छन्। भारतमा जारी नेपाल र इंग्ल्याण्ड बिचको खेलमा ब्रुकले अर्धसतक प्रहार गरेका हुन्।
उनी अर्धसतक प्रहार गरेको अघिल्लो बलमै आउट हुन पुगे। उनलाई नन्दन यादवले शेर मल्लमार्फत क्याच आउट गराएका हुन्। नन्दनको लागि यो दोस्रो सफलता हो। उनले यो भन्दा अघि इङ्ग्लिस ओपनर बटलरलाई २६ रनमा आउट पारेका थिए।
उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन्। यसअघि अर्का ब्याटर ज्याकब वेथलले पनि अर्धसतक प्रहार गरेका थिए।
ब्रुकको अर्धसतकसँगै इंग्ल्याण्डले यो समाचार तयार पार्दासम्म १९ ओभरको खेल सकिदा १६३ रनको योगफल तयार पारेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
