`

विश्वकपमा ईङ्ल्याण्डविरूद्धको प्रदर्शनपछि विश्वक्रिकेटमा नेपालको चर्चा , कसले के भने ?

Nepal One HD २५ माघ २०८२ २०:३४
खेलकुद

काठमाडौं। टी-२० विश्वकपमा ईङ्ल्याण्डविरूद्ध नेपालको सशक्त प्रदर्शनपछि विश्व क्रिकेटका दिग्गजहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन्।

साउथ अफ्रिकाका पूर्व क्रिकेटर डेल स्टेनले कुनै पनि बेला नेपाललाई आफ्नो आवश्यकता परेको खण्डमा जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्,’ यदि तपाईंलाई कहिल्यै आवश्यक परेमा म तपाईंलाई मेरो सेवाहरू प्रदान गर्दछु । उठ, उठ र उठ!’

त्यस्तै, भारतीय पूर्व चर्चित क्रिकेटर युवराज सिंहले नेपाल अन्तिम बलसम्म ईङ्ल्याण्डसँग लडेको बताए।
‘ नेपालप्रति ठूलो सम्मान, विश्वका उत्कृष्ट टोलीहरूमध्ये एकसँग भिड्दै अन्तिम बलसम्म संघर्ष गर्‍यो र विश्वास र साहसले के गर्न सक्छ भन्ने देखायो!  यस्तै संघर्षबाट टोलीहरू बलियो बन्छन् र यस्तै बाटो हुँदै च्याम्पियनहरू जन्मिन्छन् । क्रिकेट जगतको नजर अब नेपालतर्फ छ!’

चर्चित कमेन्टटेटर आकाश चोपडाले नेपालले राम्रो खेलेको प्रतिक्रिया जनाएका छन्। ‘धेरै नजिक तर पनि टाढा । राम्रो खेल्यो, राम्रोसँग लड्यो, नेपाल,’ उनले लेखेका छन्।


त्यस्तै, ईङ्लिस कमेन्टटेटर माईकल भाउनले नेपालले असाधारण खेल प्रस्तुत गरेको बताए । ‘क्रिकेटको कस्तो शानदार खेल,’ उनले नेपालको आजको खेलमा प्रतिक्रिया जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्,’नेपाली खेलाडीहरूले देखाएको सीप असाधारण थियो। जे भए पनि अन्तिममा इङ्गल्याण्डको जित नै भयो।’

भारतीय विश्वविख्यात स्पिनर रविचन्द्रन आश्विनले नेपाल उदयीमान तथा विशाल सम्भावना भएको क्रिकेट राष्ट्र भएको प्रतिक्रिया दिए । ‘नेपालको अद्भुत प्रदर्शन। नेपाल क्रिकेट- उदीयमान क्रिकेट राष्ट्रहरूमध्ये उनीहरू निश्चय नै उत्कृष्टमध्ये एक हुन्। अत्यन्तै ठूलो सम्भावना र उज्यालो भविष्य छ।’


कमेन्टटेटर तथा पूर्व भारतीय क्रिकेटर ईरफान पठानले नेपाल क्रिकेटमा सही बाटोमा रहेको प्रतिक्रिया दिए । ‘अन्तिम प्रहारहरु गर्न नेपाल चुक्यो तर नेपाल स्पष्ट रूपमा सही बाटोमा छ,’ उनले एक्समा लेखेका छन्,’उनीहरूले इङ्गल्याण्डलाई दबावमा राखेको देख्दा खुशी लाग्यो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *