जारी टी–२० विश्वकप क्रिकेटमा तीन खेल हुँदै, दुई खेल दिल्ली र एक खेल कोलम्बोमा
काठमाडौं । आईसीसी पुरुष टी– २० क्रिकेटअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।
ग्रुप ‘ए’ का दुई र ग्रुप ‘डी’का एक खेल हुने छन् । पहिलो खेल नामिबिया र नेदरल्यान्डसबीच जारी छ । यो खेल भारतको दिल्लीमा भइरहेको छ ।
दोस्रो खेल अपराह्न ३ः१५ मा हुनेछ । भारतको चेन्नईमा हुने यो खेलमा न्युजिल्यान्ड र यूएई भिड्नेछन् । तेस्रो खेल श्रीलङ्काको कोलम्बोमा साँझ ७ ः १५ मा पाकिस्तान र अमेरिकाबीच हुनेछ ।
जारी खेलमा समूह ‘ए’बाट भारत र पाकिस्तानले पहिलो खेल जितेका छन् र क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । दुवै देशको समान २ अंक छ ।
समूह ‘बी’बाट जिम्बाब्वे र श्रीलंकाले जित निकाल्दै २ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदा समूह ‘सी’मा १ खेलमा जित निकालेको वेस्ट इन्डिज पहिलो स्थानमा छ । दुई खेल खेलेको स्कटल्यान्डले १ खेलमा हार र १ मा जित निकाल्दै २ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
१ खेलमा जित निकालेको इंग्ल्यान्ड दुई अंकसहित कम रनरेटको आधारमा तेस्रो स्थानमा छ ।
यस्तै, ग्रुप ‘डी’मा दक्षिण अफ्रिका र न्युजिल्यान्डले पहिलो खेल जित्दै क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।
जारी खेलको हालसम्म ग्रुप ‘ए’मा नेदरल्यान्ड र अमेरिकाले पहिलो खेलमा हार व्यहोरेका छन् । ‘बी’बाट आयरल्यान्ड र ओमानले पनि पहिलो खेल हार्दा समूह ‘सी’मा नेपाल र इटलीले पहिलो खेलमा हार व्यहोरेका छन् ।
समूह ‘डी’बाट अफगानिस्तान र क्यानडाले पनि पहिलो खेलमा पराजय बेहोरेका छन् ।
