`

युएइद्वारा न्युजिल्याण्डलाई १ सय ७४ रनको लक्ष्य

Nepal One HD २७ माघ २०८२ १७:०३
खेलकुद

काठमाडौं । भारतमा जारी आठौ संस्करणको टि-२० विश्वकपमा युएइले न्युजिल्याण्डलाई १ सय ७४ रनको लक्ष्य दिएको छ। 

भारतको एमए चिदाम्बरम क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको युएइले निर्धारित २० ओभरमा १ सय ७३ रन बनायो। 

उसका लागि कप्तान मुहम्मद वासीमले ४५ बलमा ४ चौका र ३ छक्काको सहायतामा ६६ रनको अविजित पारी खेले।  तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका आलिशान शरफुले ४७ बलमा ५ चौका र २ छक्कासहित ५५ रन बनाउदा मयंक कुमारले १३ बलमा २१ रन जोडे। 

खेलको एक समय निकै सहज अवस्थामा रहेको युएइ खेलको अन्तिम समयमा सम्हालिन नसक्दा १ सय ७३ रनमा समेटियो।  युएइलाई १ सय ७३ रनमा रोक्ने क्रममा न्युजील्याण्डका लागि म्याट हेनरीले २ विकेट लिए।  त्यस्तै, ज्याकव डुफी, लक्की फर्गुसन, मिचेल सान्टनर र ग्लेन फिलिप्सले समान १/१ विकेट लिए। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *