`

नेप्से स्थिर, कारोबार रकममा सुधार

Nepal One HD २८ माघ २०८२ १६:२०
अर्थ समाचार

काठमाडौं– निरन्तर गिरावटपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार स्थिर भएको छ ।

कारोबारको प्रारम्भिक समयमा उकालो लागेको बजार अन्तिम समयमा आएको बिक्री दबाबका कारण झिनो अंकले घट्दै २६६२.१० बिन्दुमा कायम भएको हो ।

कारोबार सुरु हुँदा २६६२.१४ बिन्दुमा रहेको नेप्से अन्त्यमा ०.०४ अंकले घटेको छ । यसअघि आइतबार १०.२४ अंक, सोमबार २६.०५ अंक र मंगलबार १०.२५ अंकले बजार घटेको थियो ।

लगातार तीन दिनको गिरावटपछि बुधबार बजार स्थिर देखिए पनि स्पष्ट सुधारको संकेत भने देखिएन ।

बजारमा सूचीकृत कम्पनीमध्ये १ सय ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ सय १३ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

अधिकांश कम्पनीको मूल्य घटेकाले समग्र परिसूचकमा उल्लेख्य सुधार आउन सकेन ।

समूहगत परिसूचकतर्फ पनि मिश्रित अवस्था देखिएको छ । वित्त समूह ६.३५ अंक, होटल तथा पर्यटन ४७.०७ अंक, जीवन बीमा २९.३१ अंक, उत्पादनमूलक ४२.५५ अंक, लघुवित्त ३.३३ अंक, लगानी कोष ०.०७ अंक, अन्य ५.७६ अंक र व्यापार समूह ८.७७ अंकले घटेका छन् ।

यता बैंकिङ समूह १.४९ अंक, विकास बैंक १०.१२ अंक, जलविद्युत् १६.७५ अंक, लगानी ०.०७ अंकले घटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *