`

जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफै विथोल्न लागेको हो ? – राजेन्द्र लिङ्देन

Nepal One HD २९ माघ २०८२ १९:२१
बिशेष

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफै विथोल्न लागेको हो भन्दै प्रश्न गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोख्दै लिङ्देनले यस्तो बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह भोलि झापाबाट काठमाडौं आउँदै गर्दा काठमाडौं एयरपोर्टमा स्वागतको लागि अपिल गरिएको अवस्थामा प्रशासनले निषेधाज्ञा लगाएपछि राप्रपाले विरोध जनाएको हो । राप्रपा, राजावादीहरुले भोलि नागरिकलाई पूर्वराजाको स्वागतको लागि आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा लिङ्देनले भनेका छन्–‘जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफै विथोल्न लागेको हो ? संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *