`

मध्यपूर्वमा अमेरिकी सैन्य दबाब बढ्दै

Nepal One HD १ फागुन २०८२ १८:५६
विश्व

तेहरान। अमेरिकाले दोस्रो विमानवाहक पोत मध्यपूर्वतर्फ पठाएको छ, जसमा विश्वकै ठूलो विमानवाहक पोत ‘गेराल्ड आर. फोर्ड’ सहित अन्य सहयोगी युद्धपोतहरू पनि समावेश छन्। इरानसँग बढ्दै गएको तनाव र त्यसको परमाणु कार्यक्रमबारे पश्चिमी राष्ट्रहरूसँगको कूटनीतिक वार्ता अपेक्षित निष्कर्षमा पुग्न नसकेपछि अमेरिका सैन्य उपस्थिति थप सुदृढ बनाउने दिशामा अघि बढेको देखिएको छ।

पहिले नै क्षेत्रमै रहेको ‘एब्राहाम लिन्कन’ विमानवाहक पोत र तीन मिसाइल मिलाएर अब दुई अमेरिकी विमानवाहक युद्धपोत समूह एउटै क्षेत्रमा उपस्थित हुनेछन् । यसले क्षेत्रीय सुरक्षा तनाव बढाउने र सम्भावित द्वन्द्वको जोखिम थप्ने अनुमान गरिएको छ ।

इरानले अप्रत्यक्ष वार्ताका प्रयास बाबजुद पश्चिमी दबाबप्रति गहिरो अविश्वास देखाएको छ र आफ्नो राष्ट्रिय सुरक्षा र परमाणु कार्यक्रम बचाउन कडा दृष्टिकोण राखेको छ । यस क्रममा इरानले आफ्ना सैन्य क्षमता प्रदर्शन गर्ने सम्भावना पनि राखेको छ । क्षेत्रीय विश्लेषकहरूले अमेरिकी विमानवाहक पोतको दोहोरो उपस्थिति मध्यपूर्वमा तनावलाई अझ जटिल बनाउने र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिमा दीर्घकालीन प्रभाव पार्ने भनेका छन् ।

यस कदमले क्षेत्रीय शक्ति सन्तुलनलाई पनि असर गर्नेछ । मध्यपूर्वका अन्य राष्ट्रहरूले सुरक्षा रणनीतिमा पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था आउन सक्छ, जसले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा थप दबाब सिर्जना गर्नेछ । साथै, यसले तेल आपूर्ति मार्ग, समुद्री मार्ग र व्यापारिक मार्गको सुरक्षा सुनिश्चित गर्ने पक्षमा पनि प्रभाव पार्न सक्छ ।

विश्लेषकहरूले यो कदम भनेका छन्,“ केवल सैन्य रणनीति मात्र नभई राजनीतिक सन्देश पनि हो, जसले इरानसँगको वार्ता प्रक्रिया र क्षेत्रीय शक्ति सन्तुलनमा अमेरिकाको दाबी स्पष्ट गर्ने प्रयास हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *