नेपालको निर्वाचन परिणाम पनि बंगलादेशको जस्तै हुन्छ: अध्यक्ष ओली
नेकपा एमाले
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने दाबी गरेका छन्। उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा-५जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने दाबी गरेका हुन्।
अध्यक्ष ओलीले निर्वाचन क्षेत्रका अधिकांश मतदातासँग प्रत्यक्ष भेट्ने चाहना भएको पनि बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
