एमालेको झण्डा जलाउने हरिनारायण मण्डल म्यादी प्रहरी !
अपराध
काठमाडौं । नेकपा एमालेको झण्डा जलाएको आरोपमा म्यादी प्रहरी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको महादेव गाउँपालिका–५ का २५ वर्षीय हरिनारायण मण्डल रहेका छन् ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत रहेका महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा उनले एमालेको झण्डा जलाएको पाइएको र उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीले बताए ।
उनका अनुसार मण्डलले चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
