`

कांग्रेस–रास्वपाका कार्यकर्ताबीच सुनसरीमा हात हालाहाल, प्रहरीद्वारा लाठीचार्ज

Nepal One HD ९ फागुन २०८२ १४:४५
अपराध

काठमाडौं । विपक्षी दलहरूलाई ‘सिध्याउने’ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको उत्तजेक अभिव्यक्तिपछि उक्त दलका नेता, कार्यकर्तादेखि समर्थकहरूसम्म थप अराजक बन्दै गएका छन् ।

देशको ठाउँठाउँमा कांग्रेस, एमाले, नेकपादेखि माओवादीसम्मका कार्यकर्तालाई अपमान गर्ने, दुव्यर्वहार गर्ने मात्रै नभएर ती दलका झण्डासमेत जलाएर उदण्डता प्रदर्शन गरिरहेका छन् ।

यस्तोमा शनिबार सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रहरीले लाठीचार्ज गर्नुपर्ने स्थिति निम्तियो ।

कार्यक्रममा कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्कीले सम्बोधन गर्ने भएका थिए । तर, बाटैमा रास्वपा कार्यकर्ता र कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका कार्यकर्ताबीच जम्काभेट हुँदा विवाद बढेर हात हालाहाल भएको थियो ।

परिस्थिति केहीछिनमै असामान्य भएपछि प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरबितर बनाउन लाठीजार्च गरेको थियो ।

सुनसरीका प्रहरी उपरीक्षक केशव थेवेका अनुसार हात हालाहाल गर्नेहरू छिमेकी भएको र उनीहरूको दल मात्रै भिन्न हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *