सुन ताेलामै बढ्याे ५ हजार ६ सय रुपैयाँ, चाँदी पनि ३७५ रुपैयाँ बढ्याे
अर्थ समाचार
काठमाडौं । सुनको भाउ आज बढेकाे छ । तोलामै सुन ५ हजार ६ सय रुपैयाँ बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ ताेकिएकाे छ ।
अघिल्लो दिन सुन ताेलामा ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
यस्तै, चाँदीको भाउ तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ ।
यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
