`

जेन-जीहरुका लागि केही गर्न नसके घाँटीमा सास अड्किएजस्ताे हुनेछ : रवीन्द्र मिश्र (भिडियाे)

Nepal One HD १० फागुन २०८२ १२:५१
निर्वाचन विषेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जेन-जी पुस्ताहरुका आफू केही न केही गर्न तयार रहेकाे बताएका छन् ।

नभए याे देश जेन-जी पुस्ताका मानिसहरुका लागि बस्न नहुने हुन लागेकाे बताए ।

आइतबार काठमाडौंकाे अनामनगर क्षेत्रमा चुनावी अभियानकाे क्रममा रहेका मिश्रले जेन-जी पुस्ताका मतदाताहरुसँगकाे जम्काभेटमा आफूलाई आगामी निर्वाचनमा सहयाेगकाे अपिल गर्दै जेन-जीहरुका लागि सकेकाे गर्न तयार भएकाे आश्‍वासन दिए ।

त्यसाे गर्न नसके आफ्नाे घाँटीमा सास अड्किएजस्ताे हुने बताए ।

मिश्र काठमाडौं- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । तेस्राेपटक चुनावी प्रतिस्पर्धामा रहेका उनी यसपटक जसरी पनि चुनाव जित्ने लक्ष्यका साथ घरदैलाेमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *