`

३२ वर्षीया महिलालाई बलात्कार गरेकाे आराेपमा १९ वर्षीय युवक पक्राउ

Nepal One HD १० फागुन २०८२ १३:०८
अपराध

पाल्पा ।  ३२ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।

जिल्लाकाे माथागढी गाउँपालिका-७ का १९ वर्षीय रेमबहादुर ठाडालाई प्रहरीले पक्राउ गरेको हाे ।

उनले ती महिलालाई बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पासमेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्‍धी कसुरमा अनुसन्धान थालेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *