`

काठमाडौंकाे सरकारी धारानजिक साढे ५६ लाखकाे सुनचाँदीका गहना र नगद चाेरी

Nepal One HD १० फागुन २०८२ १३:२१
अपराध

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ सरकारी धारानजिक ठूलाे परिमाणकाे धनमाल चाेरी भएकाे छ ।

डेरा गरी बस्‍ने ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको हाे ।

प्रहरीले चोरीमा संलग्‍न फरार छन् । उनकाे खोजी गर्नुका साथै चाेरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

कालिका बाग्लुङ घर भई सरकारी धारानजिक बस्दै आएकी छिन् । डेरामा काेही नभएकाे माैका पारेर चाेरी भएकाे उनले प्रहरीलाई जानकारी दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *