`

इजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी

Nepal One HD १९ फागुन २०८२ २०:२४
विश्व

जेरुसेलम, १९फागुन । इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा मङ्गलबार नयाँ निकासी आदेश जारी गरेको छ ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दाहरूलाई, आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित ठाँउमा जान आग्रह गर्दै आदेश वारी गरेको सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले बताएको छ ।

निकासी आदेश जारी हुने अधिकाशं स्थान लेबनानका दक्षिणी भेगका रहेको र इजरायलले निरन्तर हेजबुल्लाहको पूर्वाधारमा प्रहार गर्ने उद्देश्यले यस क्षेत्रलाई लक्षित गर्ने गरेको जनाइएको छ ।

यस अघि लेबनान सरकारले सोमबार हेजबुल्लाहको सैन्य र सुरक्षा गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

आक्रमणमा सर्वोच्च इरानी नेता अली खमेनीको हत्या भएकोे बदलामा सोमबार इजरायलमा प्रहार गरे पछि निकासी आदेश जारी गरेको जनाइएको छ ।

इजरायलले सोमबार बेरुतको दक्षिणी उपनगरहरू र दक्षिण लेबनानका दर्जनौं गाउँहरूमा बम प्रहार गरेको छ भने बदलामा भयानक आक्रमणको सामना गर्नु पर्ने चेतावनी दिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४९ जना घाइते भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *