`

पर्सा २ मा रास्वपाका कानुको अग्रता दोब्बरले बढ्यो

Nepal One HD २२ फागुन २०८२ २०:५५
राजनीति

पर्सा। पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिलकुमार कानुको अग्रता दोब्बरले बढेको छ ।

निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार यहाँ १९ हजार ६१३ मत गणना गर्दा रास्वपाका कानुले ९ हजार ४३२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले भने ३ हजार ९०५ मत मात्रै प्राप्त गर्नुभएको छ ।

अन्य दुई उम्मेदवारभन्दा कानुले प्राप्त गर्नुभएको मतसङ्ख्या भने दोब्बर रहेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार रिमा यादवले ३ हजार ६०० मत प्राप्त गर्नुभएको छ । यहाँ ३१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै हुुनुहुन्छ ।

स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना हुनुहुन्छ । पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता सङ्ख्या ९५ हजार १२० जनामध्ये प्रत्यक्षतर्फ ६६ हजार ५७ मत खसेको छ भने समानुपातिकतर्फ ६७ हजार ५७ मत खसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *