कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छन्।
ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन्।
यस्तै, टीकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टीका रामलाल डगोरा थारूले ८ हजार ३९२ मतसहित तेस्रो स्थान हासिल गरेका छन्।
