डोटीबाट कांग्रेसका भरत कुमार खड्का विजयी
निर्वाचन विषेश
कैलाली । डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरत खड्का विजयी भएका छन्।
खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार तथा अखिलका अध्यक्ष दीपक धामीले १४ हजार ११० मत ल्याएका छन्। खड्काले धामीलाई ७ सय ८७ मतान्तरले पराजित गरेका हुन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २६० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
