समानुपातिक मतगणना अपडेट : तेब्बर भन्दा बढी मतले पछि छन् काङ्ग्रेस-एमाले
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेका स्थानमा समानुपातिकतर्फ मतगणना जारी राखेको छ। शनिबार दिउँसोसम्म देशभर करिब साढे तीन लाख मत गणना भइसकेको आयोगले जनाएको छ।
आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्यांकअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत अनुपात केही घटेको देखिएको छ। हालसम्मको गणनामा रास्वपाले कुल सदर मतको करिब ५४ प्रतिशत हिस्सा अर्थात् १ लाख ९० हजार ६३२ मत प्राप्त गरेको छ।
यस्तै, नेपाली कांग्रेसले करिब १६ प्रतिशत अर्थात् ५७ हजार ५६६ मत पाएको छ भने नेकपा (एमाले) ले १३ प्रतिशत अर्थात् ४४ हजार १२२ मत प्राप्त गरेको छ। एमालेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत हिस्सा करिब ५-५ प्रतिशतको हाराहारीमा रहेको छ।
त्यस्तै, श्रम संस्कृति पार्टीले २ प्रतिशतभन्दा केही बढी मत प्राप्त गरेको छ भने अन्य साना दलहरूले संयुक्त रूपमा करिब ५ प्रतिशत मत प्राप्त गरेका छन्।
