रुपन्देही-१ बाट रास्वपाका सुनिल लम्साल निर्वाचित
निर्वाचन विषेश
बुटवल। रूपन्देही क्षेत्र नं १ मा रास्वपा उम्मेदवार सुनिल लम्साल विजयी भएका छन् । लम्साल ५७ हजार ३९ मतसहित फराकिलो मतान्तरले विजयी भएका हुन् ।
दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका हिरा केसीले १२ हजार ४४७, राप्रपाका प्रज्वल बोहोराले ८ हजार ६४१ र नेकपा एमालेका दधिराम न्यौपानेले ८ हजार १७३ मत पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवार लम्साललाई प्रमाणपत्र प्रदान गरिसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
