`

टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत

Nepal One HD २४ फागुन २०८२ ८:२२
खेलकुद

काठमाडौं । टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा राति सवा ७ बजे सुरु हुनेछ ।

न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ । टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ ।यसैगरी, भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ ।

फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन् । तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *