`

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुश्बु ओली

Nepal One HD ५ चैत २०८२ १८:४४
बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा ज्ञान बहादुर (ज्ञानेन्द्र) शाही सर्वसम्मत निर्वाचित भएका छन् ।
बिहीबार बसेको राप्रपाका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको बैठकले शाहीलाई संसदीय दलको नेतृत्व सुम्पिने निर्णय गरेको हो ।
जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित शाही यसअघि पार्टीको प्रवक्ताको जिम्मेवारीमा थिए ।

यस्तै, पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार नेतृ खुश्बु ओलीलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको छ ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको उपस्थितिमा संसदीय दलको बैठक बसी माननीय ज्ञान बहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मतीले निर्वाचित गरेको छ। साथै संसदीय दलको नेताले माननीय श्री खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय गरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *