अदालतमा सेटिङ मिलाउने दम्पत्ती पक्राउ
अपराध
काठमाडौँ । पुर्पक्षका लागि कारागारमा रहेका बन्दीलाई ‘अदालत सेटिङ’ गरेर छुटाइदिने बहानामा ठगी गरेको आरोपमा पति-पत्नी पक्राउ परेका छन्।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका तीन जना कैदीलाई लक्षित गरी उनीहरूले आर्थिक लाभ लिएको प्रहरीले जनाएको छ। मण्डिखाटारस्थित हलेसी महादेव मार्ग क्षेत्रमा बसोबास गर्ने ४५ वर्षीय हरिबहादुर थापा मगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानका न्यायाधीशमार्फत् धरौटीमा छुटाइदिने भन्दै प्रलोभन दिएका थिए।
उनले धरौटी रकम र वकिलको बहस खर्चको नाममा ३७ वर्षीया आफ्नी श्रीमती मिठु मगर (अनिता थापा मगर)को बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए।
तर, वाचा अनुसार काम नभएपछि पीडितहरूले आफूहरू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले दुवै जनालाई पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
