`

ट्राफिक प्रहरीको ‘अप्रिल फुल’,बिहानै ‘सप्राईज मापसे चेकिङ’ : १६ जना कारबाहीमा

Nepal One HD १८ चैत २०८२ १५:२२
प्रशासन

काठमाडौं। सामान्यतया राती मात्र हुने मादक पदार्थ सेवन (मापसे) परीक्षण बुधबार अप्रिल १ अर्थात् विश्व मूर्ख दिवसको अवसर पारेर ट्राफिक प्रहरीले १६ जना चालकलाई कारबाही गरेको छ। विशेष अभियान अन्तर्गत सप्राइज जाँच गर्दा प्रहरीले कारबाही गरेको हो।

सार्वजनिक बस, टेम्पो, हायस, स्कुल बस र भ्यानका ११ चालक, दुई निजी कारका चालक र ट्याक्टर, मोटरसाइकल र स्कुटरका एक-एक चालक गरी जम्मा १६ जना कारबाहीमा परेका हुन्।

प्रहरीका अनुसार, यात्रु बोकेको संवेदनशील सवारी साधन चलाउने चालकले मादक पदार्थ सेवन गर्नु नियम विपरित र दण्डनीय छ। त्यसैले ट्राफिक प्रहरीले यस्तो नगर्न सबै चालकलाई अनुरोध गरेको छ।

साथै, यदि यात्रुले यात्रा गरिरहेको सवारीमा चालकले लागू/मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *