`

काम लगाइदिने बहानामा जबर्जस्ती यौन व्यवसायमा लगाउने प्रमोद र सुकमाया पक्राउ

Nepal One HD १९ चैत २०८२ ११:४३
अपराध

काठमाडौं। खाजाघरमा काम लगाइदिने बहानामा एक युवतीलाई जबर्जस्ती यौन व्यवसायमा संलग्न गराएको आरोपमा नेपाल प्रहरीको मानव बेचबिचन अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ की सुकमाया तामाङ र सोही गाउँपालिका-४ का प्रमोद तामाङलाई पक्राउ गरेका हुन् ।

उनीहरूले २६ वर्षीया एक युवतीलाई रोजगारी दिलाइदिने भन्दै खाजाघरमा लगेर परपुरुषसँग रकम लिएर जबर्जस्ती यौन व्यवसायमा लगाएको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले पीडित युवतीको उद्धार गर्नुका साथै आरोपित दुवै जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको  सूचना अधिकारी प्रहरी उपरीक्षक राजन लिम्बूले यसबारे जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *