४८ जना पक्राउ
अपराध
काठमाडौं । यात्रुलाई जबरजस्ती तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त कालीमाटी र मातहतका इकाइले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना तथा प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
उपत्यकाका विभिन्न स्थानमा रहेका बस टिकट काउन्टरमा काम गर्ने व्यक्तिहरूले बस तथा सुमो चढेर उपत्यका बाहिर जान लागेका यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको गुनासो आएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
