`

मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ

Nepal One HD १९ चैत २०८२ १९:२७
प्रशासन

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले यहाँको मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने र सर्वसाधारणलाई दुःख दिने २० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज मालपोत कार्यालय चितवनमा सेवा लिन आएका सर्वसाधारणलाई अवरोध गर्ने १६ जना बिचौलियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार भरतपुर अस्पताल अगाडि बसी आवतजावत गर्ने यात्रीहरूलाई दुःख हैरानी दिने चार जना सवारी साधनका चालक तथा सहचालकहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको खनालले बताउनुभयो । सार्वजनिक सेवालाई मर्यादित बनाउन र बिचौलियाको प्रभाव कम गर्न प्रहरीले यस्तो कदम चालेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *