`

शिक्षामन्त्री पोखरेलको ७ ठाउँमा जग्गा, २५ तोला सुन

Nepal One HD २९ चैत २०८२ २१:५९
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मेवारीमा रहेका सस्मित पोखरेलको बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको छ । यस्तै काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा छ ।२५ तोला सुन, सय तोला चाँदी, बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *