`

राप्रपा सिध्याउने सपना नदेख्न राजेन्द्र लिङ्देनको चेतावनी

Nepal One HD ६ वैशाख २०८३ ११:१३
बिशेष

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना गलत भएको बताएका छन्। उनले उनले सामजिक सञ्जाल  फेसबुकमार्फत  चुनावमा पराजित हुँदैमा कुनै पनि राजनीतिक दलको भविष्य समाप्त नहुने उल्लेख गरेका हुन्।

उनले लेखेका छन्,‘राप्रपा सिद्धिन्छ,सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन।’

लिङ्देनले राप्रपा धेरै कार्यकर्ताको योगदान र संघर्षबाट निर्माण भएको पार्टी भएकाले यसलाई कमजोर आँक्नु गलत हुने बताए।  उनले पार्टी आफ्नो मूल एजेण्डा जस्तै राजसंस्था, सनातन हिन्दू राष्ट्र र प्रदेश संरचनासम्बन्धी धारणा बाट पछि नहट्ने स्पष्ट पारे।

‘न राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ।’

उनका अनुसार पार्टीभित्रका कमजोरी सच्याउँदै राप्रपा पुनर्गठित भएर अझ सशक्त रूपमा अघि बढ्नेछ।

‘आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ।’ 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *