`

तीन लाख नाग्यो सुनको भाउ

Nepal One HD ६ वैशाख २०८३ ११:४९
अर्थ समाचार

काठमाडौं।  नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य ५ हजार १३० रुपैयाँ रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *