इरानमा दुई जनालाई फासी
एजेन्सी। इरानले विदेशी शक्तिका लागि जासुसी गरेको र देशभित्र अस्थिरता फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा दुई जनालाई मृत्युदण्ड दिएको छ। अलजजिरा का अनुसार उनीहरूलाई विदेशी शक्तिका लागि काम गरेको तथा राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको अभियोग लगाइएको थियो।
इरानी न्यायिक निकायले उनीहरूले संवेदनशील सूचना संकलन गरी बाह्य शक्तिलाई उपलब्ध गराएको र महत्वपूर्ण संरचनामा क्षति पुर्याउने प्रयास गरेको जनाएको छ। मुद्दा लामो समयदेखि चल्दै आएको थियो र अन्ततः अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।
त्यस्तै, इरानको तस्निम समाचार एजेन्सी का अनुसार ती दुई जनालाई इजरायलको गुप्तचर संस्था मोसादसँग सम्बन्धित सञ्जालका सदस्य भएको आरोपमा मृत्युदण्ड दिइएको हो।
समाचार अनुसार उनीहरूलाई सुरक्षित सञ्चार प्रणाली प्रयोग गर्ने, संवेदनशील स्थानहरूको पहिचान गर्ने समन्वय गर्ने तथा विस्फोटक उपकरण निर्माणसम्बन्धी विशेष तालिम लिएको अभियोगमा दोषी ठहर गरिएको थियो।
