संसदबाटै अध्यादेश ल्याउन सरकारलाई ज्ञानेन्द्र शाहीको अपिल
काठमाडौँ । बालेन सरकारले दुई वटा अध्यादेश ल्याएपछि राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले चर्को विरोध गरेका छन् । उनले प्रधानमन्त्री बालेनलाई नै यस्तो कदमले अप्ठ्यारो पार्ने चेतावनी दिएका छन् ।
अध्यादेशमार्फत् शासन गर्ने प्रवृत्ति बन्द गर्न प्रधानमन्त्री बालेनलाई सचेत गराउँदै सांसद शाहीले आग्रह गरेका छन्, ‘संसद्बाटै विधेयक ल्याउन हार्दिक अपिल गर्दछु ।’
उनले बोलाइएको संसद् रोकेर अध्यादेशमार्फत् विधेयक ल्याएर सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत हुने बताएका छन् ।
रास्वपाको दुई तिहाइ नजिकको बहुमत हुनाले हरेक विधेयक सहजै पारित हुने सम्भावना औँल्याउँदै शाहीले प्रधानमन्त्री बालेनले दुई अध्यादेश ल्याउनु पटक्कै राम्रो नभएको बताएका छन् । सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश ल्याएको छ । यसप्रति चर्को विारधे भइरहेको छ ।
