`

रास्वपा सचिवालय बैठक बस्दै

Nepal One HD २७ वैशाख २०८३ ११:१३
राजनीति

 काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी केन्द्रीय सचिवालयको बैठक आह्वान गरेका छन्।

वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा आज साँझ ६ बजे बस्ने बैठकमा आगामी भेला तथा केन्द्रीय अधिवेशनको विस्तृत कार्यतालिकाबारे छलफल हुने जनाइएको छ।

त्यसैगरी पार्टीका विभिन्न आयोग र विभागमा रिक्त रहेका पदहरूमा पदाधिकारी मनोनयन गर्ने विषय पनि बैठकको प्रमुख एजेन्डामा समावेश गरिएको छ। संगठनात्मक संरचनालाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले जिल्ला समितिहरूको पुनर्संरचना तथा व्यवस्थापनसम्बन्धी विषयमा पनि छलफल गरी निर्णय गरिने बताइएको छ।

बैठकमा आन्तरिक अनुशासन र अनुशासनात्मक कारबाहीसम्बन्धी प्रस्तावहरूमा समेत समीक्षा हुने जनाइएको छ। साथै आगामी केन्द्रीय समिति बैठकको तयारी, कार्यतालिका निर्धारणसहित समसामयिक संगठनात्मक विषयहरूमा पनि सचिवालयले छलफल गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *