`

सुटुक्क भागे भनेर समाचार छाप्ने ‘राजधानी दैनिक’लाई आरोप पुष्टि गर्न खरेलको चुनौती

Nepal One HD २८ वैशाख २०८३ १४:५१
बिशेष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खरेलले आफूलाई स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडेर भ्रामक समाचार प्रकाशित गरिएको आरोप लगाए।

उनका अनुसार उक्त प्रकरणमा आफूले कुनै पनि बैठकमा सहभागिता नजनाएको, कुनै फाइल पारित नगरेको वा सम्बन्धित निकायसँग कुनै औपचारिक संलग्नता नरहेको दाबी गरेका छन्।

‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर सुटुक्क स्वीट्जरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, भ्रामक र सी–ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने किसिमको छ,’ उनले भने, ‘यसले मेरो मान, सम्मान, इज्जत, राजनीतिक जीवन र संसद्को मर्यादामाथि समेत प्रहार गरेको छ।’

उनले उक्त अभिव्यक्ति संसद्को रेकर्डमा राख्न माग गर्दै खेद र भर्त्सना समेत व्यक्त गरे।

खरेलले आफू निर्दोष भएको दाबी गर्दै कडा चुनौती पनि दिए। उनले भने, ‘म खुला रूपमा चुनौती दिन चाहन्छु—यदि म यो प्रकरणमा जोडिएको प्रमाणित गर्न सकिन्छ भने प्रमाणित गरियोस्। प्रमाणित गर्न नसके पत्रकारिताको जीवनबाट सम्बन्धित पत्रिका बन्द गर्न सक्ने हिम्मत छ?’

त्यसैगरी, यदि आफू उक्त प्रकरणमा कुनै पनि रूपमा संलग्न भएको प्रमाणित भएमा राजनीति नै छाड्ने घोषणा पनि उनले गरे।

‘यदि मैले एउटा पनि मिटिङ गरेको, कुनै फाइल पारित गरेको वा कुनै निकायसँग संलग्नता देखियो भने म मेरो राजनीतिक जीवनबाट सधैंका लागि बिदा लिन्छु,’ उनले स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *