नीति तथा कार्यक्रम – नेपाल कार्बन प्राधिकरण गठन गरिने, रेडप्लस कार्यक्रम विस्तार हुने
बिशेष
काठमाडौं। सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।
नीति तथा कार्यक्रममा नेपाल कार्बन प्राधिकरण गठन गरी रेडप्लस कार्यक्रम विस्तार गरिने उल्लेख गरिएको छ । साथै सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिने सरकारको योजना छ ।
त्यस्तै सरकारले नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योग क्षेत्रमा स्वदेशी काठको प्रयोगलाई प्रोत्साहन गर्ने घोषणा पनि गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
