पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार भेटी सङ्कलन
समाचार
ताप्लेजुङ। पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ ।वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
