`

मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल

Nepal One HD ३ जेठ २०८३ १०:००
राजनीति

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता नेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको योगदान नेपाली कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताएका छन् ।

मदन–आश्रितको रहस्यमय निधन भएको ३३ वर्ष पूरा भएको अवसरमा श्रद्धाञ्जली सन्देश जारी गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले उक्त घटनाबाट अपूरणीय क्षति व्यहोरेको उल्लेख गरे ।उनले जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार तथा लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनका कुशल नेतृत्वकर्ता भएको बताए ।

उनले भने, ‘जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार तथा लोकतान्त्रिक एवं देशभक्तिपूर्ण आन्दोलनका कुशल नेतृत्वकर्ता हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गरिएको थियो ।’उनकै नेतृत्वमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गरिएको स्मरण गर्दै उनले विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा लोकप्रिय र बलियो बनाउन तत्कालीन पार्टीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *