`

प्रधानमन्त्री संसद बैठकमा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ – रवि लामिछाने

Nepal One HD ७ जेठ २०८३ २०:०२
बिशेष

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह उपस्थित नहुने कुरै नभएको बताएका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई संसद बैठकमा किन ल्याउनु भएन भन्ने प्रश्नमा प्रधानमन्त्री संसदमा सहभागि हुने कुरा बताए ।

उनले भने, ‘उहाँ संसदमा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ । आएपछि तपाईंहरुले सबै कुरा थाहा पाइहाल्नुहुन्छ । पार्टीको महाधिवेशन गर्न ढिला भइसकेको हो नि । हामीले पहिले नै मिति तोकेर सारेका हौँ नि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *