`

२७ दशमलव ८५ अंकले बढ्यो नेप्से

Nepal One HD ११ जेठ २०८३ १६:१६
अर्थ समाचार

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.८५ अंक अर्थात् १ प्रतिशतले बढेर २७८६ अंकमा पुगेको छ। यो स्तर वैशाख १४ यताकै उच्च हो।

आज दिनभर बजार सकारात्मक रह्यो। परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबार रकम पनि वैशाख १५ पछिकै उच्च रहेको छ।

आज २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। सबैभन्दा धेरै वृद्धि जलविद्युत् समूहमा देखिएको छ, जसको सूचक १.५० प्रतिशतले उकालो लागेको छ। यस्तै बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, अन्य १.२३ तथा व्यापार समूह ०.३२ प्रतिशतले बढेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *