`

आयोगकै अध्यक्ष कार्की कारबाही सिफारिसमा

Nepal One HD १३ जेठ २०८३ १६:४१
बिशेष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ मा भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनुसन्धान गर्न सिफारिस गरेको छ।

आयोगले ती घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा कार्कीको कुनै संलग्नता रहे/नरहेको तथा उनका अभिव्यक्तिले प्रदर्शनकारीहरूलाई आक्रोशित वा उत्तेजित बनाउन कुनै प्रभाव पारे/नपारेको विषयमा समेत छानबिन गर्न सुझाव दिएको हो।

सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने गतिविधिमा उनीसहित अन्य व्यक्तिहरूको संलग्नता वा दुरुत्साहन भए/नभएको विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न आयोगले सिफारिस गरेको जनाएको छ।

जेनजी आन्दोलनका क्रममा कार्कीले सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएको भन्दै व्यापक विरोध भएको थियो। त्यसपछि सरकारले उनै कार्कीलाई छानबिन आयोगको अध्यक्ष नियुक्त गरेको थियो।

उक्त आयोगले भदौ २३ गतेको घटनाबारे मात्रै अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर, प्रतिपक्षी दलहरूले उक्त प्रतिवेदन निष्पक्ष नभएको भन्दै निरन्तर विरोध गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *