`

अर्थ मन्त्रालयको वेबसाइटबाट आर्थिक विधेयक गायब

Nepal One HD १६ जेठ २०८३ १८:१०
विज्ञान-प्रविधि

काठमाडौं।  आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेलगत्तै उक्त विधेयक मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको थियो। तर शनिबार भने विधेयक वेबसाइटमा उपलब्ध नभएको देखिएको छ।

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्ताव गरेका विभिन्न कर नीतिबारे बहस चलिरहेका बेला विधेयक वेबसाइटबाट हटाइएको हो।

विशेषगरी विद्युतीय सवारीसाधनमा लगाइएको करको दरलाई लिएर आलोचना बढेपछि मन्त्रालयले विधेयक वेबसाइटबाट हटाएको हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि, यस विषयमा अर्थ मन्त्रालयले औपचारिक प्रतिक्रिया दिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *