भारतमा नेपाली समुदायसँग अन्तरक्रिया गर्दै रवि लामिछाने
भिडियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने भएका छन्। नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने उक्त कार्यक्रम जेठ २१ गते नयाँ दिल्लीको लाजपत क्षेत्रमा दिउँसो ३ बजे सुरु हुने जनाइएको छ।
रास्वपाले सभापति लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध, नेपाली समुदायसँगको संवाद तथा राजनीतिक भेटघाटका दृष्टिले महत्वपूर्ण मानेको छ। लामिछाने जेठ १८ गते भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकरलगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। भेटघाटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, लगानी तथा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यस भ्रमणलाई रास्वपाले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा समेत लिएको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
