`

जीबी राईबारे प्रधानमन्त्री बालेन मौन

Nepal One HD १७ जेठ २०८३ १४:०५
राजनीति

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सहकारी पीडितलाई प्रत्यक्ष रूपमा राज्यकोष प्रयोग गरेर नभई दोषीहरूबाट रकम असुल गरी पीडितलाई वितरण गर्ने नीति अघि बढाइने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले उनलाई जीबी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका थिए। तर, उनले विषयान्तर गर्दै अर्कै कुरा बताए। 

उनका अनुसार सहकारी क्षेत्रमा भएको ठगीको जिम्मेवारी सम्बन्धित व्यक्ति तथा समूहले लिनुपर्ने भएकाले उनीहरूबाट असुल उपर गरेरै पीडितलाई न्याय दिलाइने योजना रहेको छ।

बालेनले यस्तो कदमलाई न्यायिक र जिम्मेवार समाधानका रूपमा अघि सारिएको बताएका छन्।

सरकारले सहकारी ठगीका घटनामा संलग्नहरूमाथि कानुनी कारबाही सँगै रकम फिर्ता गराउने प्रक्रिया कडा बनाउने तयारीसमेत गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *